चाँदीका गहनासहित दुई भारतीय नागरिक पक्राउ


महोत्तरी । महोत्तरी प्रहरीले चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी दामोदरपट्टी निवासी २७ वर्षीय सुनील ठाकुर र २० वर्षीय रोशन साह रहेका छन् ।

उनीहरुलाई बिआर ३० एम ७९९० नम्बरको भारतीय मोटरसाइकलसहित सशस्त्र प्रहरी बल ९ न गण जलसागरको टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले एक किलो चार यस १३ ग्राम चाँदीका पायल, ब्रासलेट लगाएतका गहना फेला पारेको थियो ।

पक्राउ परेका दुईलाई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।