टेलिकमको दशैं अफर


नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा छुट उपलब्ध गराएको छ। कम्पनीले फोरजी, एलटीई र अन्य सेवामा विशेष छुट सहितका अफर ल्याएको छ। यी मध्ये रिचार्जमा बोनस बाहेकका अफर घटस्थापनादेखि नै लागू भएका छन्।

फोरजी, एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन। अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ। ग्राहकले एस्ट्रिक ४४४ ह्यास डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नुहुनेछ।

त्यस्तै पहिलोपटक फोरजी, एलटीई नेटवर्कमा रजिष्ट्रार हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूञ्चित नगरेसम्म जारी रहनेछ।

हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले एस्ट्रिक ४४४ ह्यास डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नुहुनेछ। पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध हुनेछ।

यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहने कम्पनीले नजाएको छ। मोबाइलमार्फत एस्ट्रिक १४०० ह्यास डायल गरेर दिइएका विकल्प अनुसार अथवा अनसव एमसीए लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ। साथै कम्पनीको एप नेपाल टेलिकमबाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ।

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन्। रिचार्जमा बोनस ः जीएसएम, सीडीएमए ग्राहकका प्रिपेड, पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ।विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान हुनेछ।

यस योजनामा रु. ५०, १००, र २०० रुपियाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५००, र १००० रुपियाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ। ५०, १००, २०० रुपियाँको बोनस ३ दिनभित्र र ५०० र १००० रुपियाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ।

त्यसैगरी एमपोसबाट १० रुपियाँदेखि ४९९ रुपियाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० रुपियाँ वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ। सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ।