सात हजार घुससहित प्रहरी हवल्दार पक्राउ


परासी । नवलपरासीबाट सात हजार रूपैयाँ घुस रकमसहित सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन् । फक्राउ पर्नेमा हवल्दार ज्ञानेन्द्र मौर्या रहेको प्रहरीले जनाएको छ । मौर्य सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा घुमुवाको रूपमा काम गर्दै आएका थिए । अख्तियार दुरूप्योग अनुसन्धान आयोग कार्यालय बुटवलले ७ हजार रूपैयाँ घुस रकमसहित मौयैलाई पक्राउ गरेको हो ।

एक व्यपारीसँग अवैध रूपमा ७ हजार रूपैयाँ घुस लिदै गर्दा उनी रंगे हात पक्राउ परेका अख्तियारले जनाएको छ । व्यापारीको सरसमान सहज रुपमा गन्तव्य पुर्याउन सहयोग गर्ने भनी मौर्याले व्यपारीसँग घुस रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले शुक्रबार दिउँसो मौर्यालाइ व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरि अनुसन्धान थालेको छ ।