भारतीय मूलका प्रहरी अधिकारीको अमेरिकामा गोली हानी हत्या


काठमाडौं । अमेरिकाको टेक्सासमा एक भारतीय मूलका प्रहरी अधिकारीको गोली हानी हत्या गरिएको छ । मृत्यु हुनेमा ह्यारिस काउन्टीका सेरिफ डेपुटी सन्दीप धालिवाल रहेका छन् ।

शुक्रबार दिउँसो धालिवालले पौने १ बजे सवारी नियम उलंघन गरेको एक कारलाई ट्राफिक स्टपमा रोकेका थिए । ड्राइभरसिटको ढोका खुल्ला रहेको देखेपिछ उनले सो कारको ढोका लगाइिदएर आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै थिए । सोही समयमा ड्राइभिङ सिटमा लुकेर बसेका व्यक्तिले उनलाई पछाडिबाट दुई राउण्ड गोली प्रहार गरेको थियो । गोलीप्रहार गरे लगत्तै उक्त हतियारधारी भने भागेको थियो । गम्भीर घाइते भएका धालिवालको स्थानीय मेमोरियल हर्मन अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

उनलाई गोलीप्रहार गरी भागेका ४७ वर्षीय रबर्ट सलिसलाई नजिकैको एक स्टोबाट प्रहरीले पक्राउ गरेको छ । गोली प्रहार गर्ने व्यक्ति अपराधी पृष्ठभूमिको रहेको पुष्टि भएको छ ।

उनलाई सन् २००२ मा अपहरणको घटनामा २० वर्ष जेल सजाय भएको थियो । सन् २०१४ मा जमानतमा छुटेको उक्त अपराधिले सन् २०१७ मा आफ्नै केटी साथीलाई आक्रमण गरी ज्यान मार्ने कोशिस गरेको थियो ।

४२ वर्षीय धालिवाल सेरिफ अमेरिकामा डेपुटी हुने पहिलो शिख थिए । १० वर्षदेखि कार्यरत उनका तीन सन्तान रहेको बताइएको छ ।