प्रत्यक्ष निर्वाचन पुरुषहरुको दाइजो होइन:मन्त्री अर्याल


काठमाडौं, । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताउनुभएको छ । “समृद्ध नेपालका लागि सशक्त महिलाू”भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्नसक्नेगरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताउनुभयो ।

महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उहाँले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्ने बताउनुभयो ।”प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन ।अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने होु, मन्त्री अर्यालले भन्नुभयो, “महिला कमजोर हुन्छ भन्ने कुरा गलत हो । समानुपातिकमा जति सबै महिलाको चान्स छ र प्रत्यक्षमा पनि सबै महिलाको चान्स छ भनेर निर्वाचन प्रणालीमा पनि छलफल गर्नुपर्छ ।”
महिला भनेको समानुपातिकतिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउदै उहाँले समानुपातिकमा पनि र प्रत्यक्षमा पनि आधाआधी महिलापुरुष भएर चुनाव लड्नुपर्ने औल्याउनुभयो । र त्यसका लागि जनताले विश्वास गर्ने बाताबरण बन्दै गएको समेत बताउनुभयो । सविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उहाँले अब कार्यान्वयन गर्नतिर लाग्न आवश्यक रहेको बताउनुभयो । महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानुनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

राजनीतिक पार्टीका महिला अगुवा र विभिन्न संघसंस्थामा काम गरेका महिलाहरुको अभियानका कारण महिलाका निम्ति आजको स्थिति बनेको भन्दै उहाँले राजनीतिक पार्टीका महिलाले सात दशकदेखि लामो संघर्ष र बहुदल पछाडिका दिनमा सामाजिक संघसंस्था खोलेर विभिन्न मोर्चाहरुले गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । छोटो समयमा नेपाली महिलाहरूले राम्रो फड्को मार्दै गइरहेको भन्दै मन्त्री अर्यालले नीतिगत रुपमा हामीले नीति बनाएर बलियो भएपनि त्यो नीतिलाई कार्यान्वयन गर्दा अझ बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

नीति नभएको भए आज स्थानीय तहमा ४१५ महिलाको उपस्थिति हुन सक्ने अवस्था नरहने भन्दै उहाँले अब आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक रुपमा सफल नभइकन महिलाले कुनैपनि क्षेत्रमा स्वतन्त्रता प्राप्त गर्दैन । अबको दिशा भनेको आर्थिक सशक्तीकरणकै दिशा हो । उद्यमी बन्ने, उत्पादनमा लाग्ने हो ।”

मन्त्री अर्यालले अब सहकारीमार्फत उत्पादनमा लागेर महिलाहरू उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो । जम्मा सहकारीमध्ये ५२५ महिला सदस्य रहेको भन्दै उत्पादनमा लाग्नका निम्ती भएका सहकारीका कानुनी अप्ठ्यारालाई थप सहज बनाएर बातावरण सहज बनाउने काम गरिएको बताउनुभयो । महिलाले आटेमा अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण प्रशस्तै भएको भन्दै अब सीप सिकाउने, टिकाउने र बिकाउने कसरी भन्नेतर्फ ध्यान दिन आग्रह समेत गर्नुभयो ।

आत्मविश्वास बढाउनका निम्ति भएपनि महिलालाई आर्थिक रुपमा सशक्त बनाउ आवश्यक रहेको भन्दै उहाँले काम गर्नका निम्ती अहिले कानुनी बाधा नरहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले हरेक तहमा एक तिहाइ महिला नेपाली कांग्रेसले सुनिश्चित गरेको बताउनुभयो ।

त्यो अभियानमा आफुले पनि भूमिका निर्वाह गरेको भन्दै नेता रिजालले राजनीतिक अधिकारका लागि लड्नु महिलाहरुलाई आग्रह गर्नुभयो । तर महिलाको आर्थिक सशक्तीकरणका लागि हानी हुनेगरी भने लाग्न नहुने बताउनुभयो । १०० जना महिला नेताहरुले शुरुआत गरेको यो अभियान अहिले सबै सरकारी तथा गैरसरकारी संस्था एवं सरोकारवालाको साझा अभियान बनिसकेको छ ।