वुंगमति प्रभागको सुरक्षा योजना सार्वजनिक


न्युज अफ नेपाल, ललितपुर । महानगरीय प्रहरी प्रभाग बुंगमतिका प्रमुख प्रहरी निरीक्षक शान्ता वाइवाले ढुक्क भएर चाडबाड मनाउन स्थानीयलाई आग्रह गर्नुभएको छ । दशै , तिहार लगायत चाडवाड लक्षित सुरक्षा योजनाबारे जानकारी गराउन आज आयोजित कार्यक्रममा उहाले भैसेपाटी, खोकना, वुंगमती लगायत आफ्नो क्षेत्रमा सुरक्षाको कुनै कमी हुन नदिने स्पष्ट पार्नुभएको छ ।

चाडवाड लक्षित सुरक्षा अवस्थाबारेमा भैसेपाटी , वुंगमती र खोकना क्षेत्रका स्थानीय बैक, बित्तिय संस्था , होटल, रेष्टुरेन्ट , नागरीक समाज, क्लब लगायत सरोकारवाला निकायसंग पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी दिन आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाले सो क्षेत्रमा कुनैपनि घटना भए तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ । कार्यक्रममा उहाले भन्नुभयो हामीलाई खबर गर्नुस , हामी तत्काल घटना स्थलमा पुग्नेछौ ।

‘तपाईहरु ढुक्क भएर चाडवाड मनाउनुस हामी आफ्नो क्षेत्रको सुरक्षा गर्नेछौ–सरोकारवालाको धारणा लगत्तै बोल्ने क्रममा उहाले भन्नुभयो– ’चाडवाडमा घर छाडेर बाहिर जादा तत्काल नजिकैको छिमेकी र प्रहरीलाई जानकारी दिनुस । आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी गराउदै उहाले चाडवाड लक्षित सुरक्षा कायम गराउन सादा पोशाकका प्रहरी परिचालन गरिसकेको, नख्खु, ललितपुरको सिमाना चोभार, वुंगमती, खोकना र छ्यासीकोट लगायत क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी गराउनुभयो ।

अन्तक्रिया कार्यक्रममा बोल्दै वालकुमारी श्रृजना क्लबका महासचिव किशोर कुवँरले हालै वुंगमती प्रभागमा सरुवा भइ आउनु भएका प्रहरी निरीक्षक वाइवालाई स्वागत गर्दै प्रहरीसंग सहकार्य गरी अघि बढ्न आफुहरु तयार रहेको बताउनुभयो । उहाले ललितपुरको सिमाना चोभार, खोकना र वुगमतिबाट अपराधिक क्रियाकलाप गरी भाग्न सक्ने क्षेत्रमा बढी सुरक्षा अपनाउनुपर्ने बताउनुभयो । सिटिजन बैकका भैसेपाटी शाखा प्रमुख अमितकुमार वस्नेतले चाडबाडको समयमा बैक र बित्तिय संस्थाको सुरक्षामा बढी ध्यान दिनुपर्ने बताउनुभयो । प्रभागले बैक, बित्तियसंस्था, व्यापारिक मल, सपिङ सेन्टर लगायत भीडभाड हुने क्षेत्रमा बढी सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

प्रभाग प्रमुख प्रहरी निरीक्षक वाइवाले प्रभागमा कार्यरत कुनैपनि प्रहरी कर्मचारी चाडवाडमा बिदा नबसी सुरक्षामा खटिने जानकारी गराउनुभयो । उहाले भन्नुभयो– कोही पनि बिदामा बस्दैनौ सबैले तपाइहरुको सुरक्षा दिनेछौ ।

कार्यक्रममा उपस्थित स्थानीय, बैक र बित्तिय संस्था क्लव, नागरिक समाजका प्रीतनिधिले विभिन्न स्थानमा सिसिटिभी जडान गर्न आग्रह गरेका थिए । बुंगमति र खोकनावासीले नजिकिएको जात्रामा सुरक्षा थप सुरक्षा व्यवस्था गर्न, राती अबेरसम्म होटल व्यावसाय खुला नगर्न अनुरोध गरेका थिए ।