सुत्केरी बिदा नदिएका कारण शिशुको मृत्यु, प्रअविरुद्ध मुद्दा


काठमाडौँ । सुत्केरी बिदा नदिएपछि प्रअविरुद्ध एक शिक्षिकाले मुद्द दायर गरेकी छन् । असनको त्यौड माविका प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्करी बिदा दिन अस्विकार गरेपछि शिक्षिका लक्ष्मी अर्याल काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । शिक्षिका अर्याललाई सुत्केरी बिदा नदिएका प्रअ केसीविरुद्ध सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार (भेद्‌भाव गर्न नहुने) अन्तर्गत बिहीबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार पक्राउ परेका केसी बिहीबार जिल्ला न्यायाधीश ऋषिराम निरौलाको थुनछेक आदेशबाट ५० हजार धरौटीमा छुटेका छन् । अदालतले बकपत्रका लागि केसीलाई कार्तीक १ को मिती तोकेको छ । प्रअ केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै शिशुको मृत्यु भएको भनि शिक्षिका अर्यालले भदौ २२ मा टेकु परिसरमा उजुरी दिएकी थिइन् ।