ओरालो लाग्दै सुनको मूल्य


काठमाडौँ । केही समय यता ह्वातै बढेको सुनको मूल्य शुक्रबार घटेको छ । शुक्रबार सुनको मूल्यमा २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको थियो । यस्तै तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा पनि पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन प्रतितोला ७० हजार ७०० मा कारोबार भएको थियो ।
चाँदी भने ८६५ रुपैयाँमा कारोबार भएको थियो ।