बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनद्वारा पाकिस्तानलाई २ सय मिलियन डलर सहयोग


एजेन्सी । राष्ट्र संघीय महासभाको लागि अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । बिल गेट्स संस्थापक रहेको माइक्रोसफ्ट अन्तर्गतको बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनले पाकिस्तानलाई २ सय मिलियन डलरको सहयोग गर्ने भएको छ ।

फाउण्डेशनले सहयोग गरको उक्त रकम गरिबीविरुद्धको अभियानमा प्रयोग हुने बताइएको छ ।

यस्तै, स्रोतका अनुसार शुक्रबार बिल गेट्सले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री इमरान खानले उक्त सहयोग प्रती कृतज्ञता रहेको र फाउण्डेसनले सहयोग गरको रकम गरिबिविरुद्धको अभियान प्रयो गरिने बताएक छन् ।