एनआईसी एसिया बैंकद्धारा खेलकूद सामाग्री वितरण


विमल विष्ट, डोटी। डोटीको दिपायल स्थित पिपल्लामा रहेको एनआईसी एसिया बैंकले दिपायलमा रहेको दिल्पेश्वर माबिलाई आज एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरेको छ ।

बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्री बितरण गरिएको सो बैंकका शाखा प्रबन्धक तपराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नाफामुखी मात्र हैन सामाजिक कार्यमा पनि सक्रिय छौँ,सो अनुरुप बिभिन्न सामाजिक कार्य गरिरहेका छौँ ।” बैंकले खेलकुद सामाग्री बितरण गरेपछि बिद्यार्थीहरुलाई खेलकुदको बिकासमा सहयोग पुगेको दिल्पेश्वर माबिका प्रधानाध्यापक दीर्घबहादुर कठायतले बताउनुभयो ।

देशभरीमा कुल ३ सय १ शाखा रहेको उक्त एनआईसी एसिया बैंकका १८ लाख भन्दा बढी ग्राहक रहेको बताईएको छ । यस्तै बैंकका ७० एक्सटेन्सन काउण्टर,शाखा रहित ४१ बैंकिङ तथा ३ सय ६२ एटिएम सेवाहरु रहेको शाखा प्रबन्धक तपराज भट्टले जानकारी दिनुभयो ।