धर्मिक सद्भावको पर्व दशैं,मुर्ती सजाउन मुस्लिम समुदायलाई भ्याइनभ्याइ


कृष्णउदास खनाल, वीरगन्ज । नेपालीहरुको ठूलो पर्व दशैं घर आँगनमा आइपुग्दैछ। दशैंका बेला दुर्गा भवानकिो मुर्ती बिक्री गरेर राम्रो कमाइ वीरगन्ज षेत्रका कालिगढहरुले गर्ने गर्दछन् । वीरगन्जको रानीघाट चोकमा माटोबाट दुर्गा भगवतिको मूर्ति बनाउन कलाकारहरू व्यस्त छन्।

कोही माटो मुछ्दै छन् भने कोही भगवतिको मूर्तिलाई आकार दिन व्यस्त देखिन्छन्।मुर्ती राख्न पण्डालको व्यवस्था गरिएको छ। दुर्गा पूजा सेवा समितिले बनाएको उक्त पण्डाल भित्र दुर्गा पूजाका लागि आवश्यक पर्ने दुर्गा भगवति, सरस्वति, लक्ष्मी, गणेश, शिव, पार्व्ति कार्तिकेय र महिषासुरलगायत दश वटा मूर्ति छन्।

वीरगन्जका मुख्य चोकमा अहिले दुर्गा पूजाको तयारीका लागि भारतीय कालीगढहरू मूर्ति बनाउनमा व्यस्त छन्। घटनास्थापनासम्ममा मूर्तिको सबै काम सकाउनुपर्ने भएकोले अहिले उनीहरूलाई भ्याईनभ्याई छ। पन्ध्र दिन पहिले बनाउन सुरू गरिएको दुर्गालगायत अन्य देवी देवताका मूर्ति शनिबारसम्ममा सबै सजावट सम्पन्न गरिसक्नुपर्नेछ।वडा दसैंलाई तराई मधेशमा दशहरा, नवरात्रि र नवमीको नामले मनाईन्छ। जहाँ हिन्दु मन्दिर तथा शक्तिपिठमा अन्य धर्मावलम्बि गएको पाईदैन त्यस्तो स्थानमा सामुदायकै खर्चमा माटोबाट बनाईएका दुर्गा मूर्तिमा कुनै जातीय र धार्मिक विभेद पाईदैन।

हिन्दु मुस्लिम, शिख ईसाई जुनसुकै धर्मावलम्बी भए पनि निर्धक्क भएर भगवतिको पण्डालमा बस्न सक्ने दुर्गा पूजा सेवा समितिकाका सतिश कुमार सिंह राजपूतले बताउनुभयो । २०५७ सालदेखि दुर्गा पूजा सेवा समितिले रानीघाट चोकमा पण्डाल बनाई दुर्गा पूजा गर्दै आएको छ।

यो समितिमा समुदायका मुस्लिम र शिख धर्मावलम्बीसमेत छन्। व्यवस्थापनदेखि विसर्जनसम्म दुर्गा पूजामा उनीहरू एकजुट भएर लाग्छन्। जहाँ छुवाछुत धार्मीक र जातीय विभेद हुँदैन। पूजा तथा अन्य सजावटका लागि कम्तिमा पाँच लाख सम्म खर्च हुने गरेको समितिका सिंहले बताउनुभयो ।

यो कुनै एक व्यक्ति विशेषको खर्च नभएर समुदायका हिन्दु, मुस्लिम र शिख धर्मावलम्बीले एक आपसमा उठाएर गर्ने सहयोग हो। समितिमा आवद्ध नुरूलहोदा अन्सारी मुस्लिम समुदायको भए पनि भगवतिलाई चाहिने पोशाक र अन्य सामग्री सीमा पारी रक्सौलबाट ल्याउने जिम्मा पाएका छन्।