मूल्यवृद्धिले जनताको ढाड सेक्यो



हिन्दू धर्मावलम्बीहरूको महान् चाड दशैँ, तिहार नजिकिँदै गर्दा बजारमा महँगी बढेको छ। आममानिसको दैनिकीमा जोडिएका उपभोग्य वस्तु नून, तेल, दाल, चामल, लत्ताकपडादेखि तरकारीको मूल्य आकाशिएको छ।

सरकारले प्रभाकारीरुपमा नियमन गर्न नसक्दा कालोबजारी गर्नेहरूले चाडपर्वको मौका छोपेर मूल्य बढाउने गरेका छन्। बजारमा उनीहरूकै मनोमानी चल्ने गरेको छ।

यतिखेर बजारमा दशैँ–तिहारको किनमेल शुरु भएको छ। दशैँलाई लक्षित गरेर सरकारले विभिन्न स्थानमा सस्तो बजारको नाम दिएर दैनिक उपभोग्य समान उपलब्ध गराए पनि समस्या ज्युँका त्युँ छ।

खुद्रा पसलमा उपभोग्य दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुसी बढाइरहेका छनन्। चाडबाड नजिकिँदै गरेको समयमा दूधको मूल्य बढेसँगै अन्य खाद्यवस्तुको समेत व्यापारीहरूले मूल्य बढाइरहेका छन्।

तरकारी किनिसक्नु छैन। बजारमा आमउपभोक्ताको भान्सामा पाक्ने खानेकुरादेखि सागसब्जी र लगाउने लत्ताकपडाको मूल्य दिनदिनै बढिरहेको छ। चाडपर्वमा खाद्यान्नको मूल्य बढ्नु पुरानै रोग हो।

नेपालीको चाडपर्वमा मीठो मसिनो खाने र राम्रो लगाउने परम्परा रहेकै कारणसमेत व्यापारीले मौकाको रुपमा चाडपर्वलाई लिने गरेका छन्। धनीले त सजिलै किन्लान् तर गरिबले के गर्ने ?

सस्तो बजार नै चर्को छ। जसको कारण लगाउनेदेखि खानेकुरामा कृत्रिमरुपमा मूल्य वृद्धि गराइरहेका छन्। यसरी बजारमा कृत्रिम अभाव सृजना गर्ने र आमउपभोक्तालाई ठग्ने बिचौलियाको कारण जनताको ढाड सेकिएको छ। विगतका वर्षमा समेत चाडपर्व आउँदै गर्दा बजारमा कृत्रिम महँगी बढ्ने गरेको थियो। त्य

सलाई नियन्त्रण गर्न नसक्दा अहिले पनि कालोबजारी गर्ने व्यापारीले आफूखुसी मूल्य वृद्धि गरिरहेका छन्। बजारमा सामान अभाव भएको बहाना बनाउँदै उपभोक्तालाई चर्को मूल्यमा उपभोग्य वस्तु किन्न बाध्य गराउने गरेका छन्।

चाडपर्व आउँनै लाग्दा बजारमा एकाएक महँगी बढ्न शुरु हुँदा उपभोक्ता मारमा पर्न थालेका छन्। यसरी राजधानीसम्म चाडपर्वलाई लक्षित गरी कालाबजारियाहरूले कृत्रिम मूल्य निर्धारण गर्दासमेत सरकारी तरवरमा हुने अनुगमन निरर्थक हुने गरेको छ।

सरकारले आफ्ना उपभोक्ता ठग्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्दा महँगीले जनताको ढाड सेक्ने काम गरेको हो। यतातिर सरकारको ध्यान नपुगेको हो कि ?

– गंगा रिजाल,
सोह्रखुट्टे, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्