सामाजिक बिकृति बिरुद्ध तात्यो प्रहरी



कालीवहादुर मल्ल, कालिकोट ।

सामाजमा विकृतिकोरुपमा रहेको घरेलु हिँसा,बालबालिका बिरुद्ध हुने हिँस,बालविवाह, छाउपडी प्रथा, जातिय छुवाछुत, लगाएतका विकृतिका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान सञ्चालन गरेको छ ।

‘बालविवाह उन्मूलन गरौं, घरेलु हिंसाको अन्त्य गरौं, जातीय विभेद तथा छाउपडी प्रथाको अन्त्य गरौं’ लगतएतका नाराका साथ बुधबार कालिकोट प्रहरीले सामाजिक विकृति विरुद्ध जिल्लाब्यापी अभियानको सुरुवात गरेको हो ।

कालिकोट प्रहरी प्रमुख स्यामवावु वलियाको अध्यक्षतमा भएको एक कार्यक्रमका विच संविधानसभा सदस्य तुलाराज विष्ट र जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले अभियानको उदघाटन गर्नुभएको हो ।

हाम्रो कालिकोट, सुरक्षित कालिकोट, सामाजिक विकृतिको अन्त्य गरौं मानवअधिकार संस्कृतिको विकास गरौ जस्ता नारा, प्लेकार्ड सहित जिल्ला सदरमुकाम मान्ममा वृहत जनचेतनामूलक –यालिको आयोजना गरिएको छ । कार्यक्रममा जिल्लाका प्रहरी, प्रसाशन, राजनीति दल, मानवअधिकारकर्मी, नागरिकसमाज, महिला अधिकारकर्मी लगाएतको सहभागिता रहेको छ ।

कालिकोटका प्रहरी प्रमुख वलियाले समाजिक विकृतिका विरुद्धमा वार्षिक कार्य योजना निमार्ण गरी अभियानको सुरुवात गरिएको जानकारी गराउनुभयो । साथै उहाँले सबै स्थानीय तह, नागरिक समाज, अधिकारकर्मी, राजनीति दलसँगको सहकार्य र समन्वयमा जिल्लाभरी चेतनामुलक कार्यक्रम गरिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्