काठमाडौं, (नेस)।सार्क चेम्बर महिला उद्यमी परिषद (एससीडब्लुईसी)को नयाँ कार्यसमिति चयन गरेको छ।सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन भएको छ।
उक्त समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, नीता पौडेल अधिकारी, सोनी जोशी र सुनिता वैध श्रेष्ठ समावेश रहेका छन्।
मंगलबार आयोजित कार्यक्रममा शेरचनले आफनो नेतृत्वले एससीडब्लुईसीलाई अझै सुदृढ बनाउँदै लैजाने बताउनुभयो।
उहाँले यस संस्थाले आउँदो नोभेम्बरमा वायोडेगे्रडेबल स्यानिटरी न्यापकिन उत्पादनका लागि अर्थ संकलन गर्ने परियोजना सञ्चालन गरी सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता बढाउने योजना बनाएको छ।
उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले दक्षिण एसियाका महिला उद्यमीले संयुक्त रूपमा प्राकृतिक फाइवर जस्ता स्रोतको प्रयोग गरी विभिन्न वस्तुको उत्पादन गरी त्यसलाई आन्तरिक क्षेत्रमा बजारीकरण गर्नुपर्ने कुरामा जोड दिनुभयो।











प्रतिक्रिया