रेगल ब्यूटी स्टेशन सञ्चालनमा


काठमाडौं, (नेस)।महिलाका लागि चाहिन सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा सुविधासहित रेगल ब्युटी स्टेशन सञ्चालनमा आएको छ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य भद्रा भण्डारीले कोटेश्वर सेतीओपी मार्गमा रहेको यस स्टेशनको उद्घाटन गरेकी छिन्।

महिलारुका लागि चाहिने सौन्दर्य र कला कपाल सम्बन्धी कक्षा सञ्चालन गर्नका लागि यसको स्थापना गरिएको सञ्चालकले बताएका छन्। साथै विवाहका लागि महिलालाई चाहिने श्रृंगार सम्पूर्ण रुपमा गर्ने सेवा पनि यसमा उपलब्ध हुनेछ।

बबिता मानन्धर कायस्थ र एलिजा ठकुरीको सहकार्यमा स्थापना गरिएको यस ब्य्टी स्टेशनमा महिलाहरुलाई आवश्यक पर्ने अन्य सेवा सुविधाहरु पनि यस स्टेशनमा उपलब्ध हुने सञ्चालकले बताएका छन्।