विप्लव समूहद्धारा वडा कार्यालयमा आगजनी


ललित सिंह, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडानं ७ मा बिप्लब समुहद्धारा आगजनी गरेको छ । शनीबार राती करीब १२ बजे तिर आजनी भएको केदारस्युँ गाउँपालिका वडानं ७ का वडाअध्यक्ष प्रेम बहादुर धार्मीले बताउनु भएको छ ।

उनले भने महादेब निमाबी भामचौरको बिद्यालयमा दुई कोठे भवन वडा कार्यालयले भाडामा लिई मासिक चार हजार भाडा तिदै आएको छ । वडाकार्यालयको भित्र कोठाबाट अफिसका सम्पूर्ण आवश्यक कागजात सहित, एक थान कम्प्युट,एक थान ल्याप्टप,फोटोकपी मेसिन,सोफासेट,३५ वटा पलास्टिक कुर्ची र फर्निचर, वडा कार्यालयबाट बाहिर निकालेर महादेब नि मा बि को फिल्डमा ल्याई जलाएको बताए ।

वडा अध्यक्ष धामीले भने दुई महिना अगाडी बिप्लब समुहका न्याउलो धामी(नरेन्द्र भनेर चिनीने सोहि गाउँ बस्ने बिप्लब समुहमा आबद्ध ब्यक्तिले अब एक वडाबाट एक लाख चन्दा दिनु पर्छ भनेका थिए । हाम्ीसंग पैसा छैन कहाँबाट दिन यत्रो ठुलो रकम भनेर भनेको थियो चन्द्रा नदिएको भन्दै वडा कार्यलय जलाएको हुनसक्ने केदारस्युँ गा पा ७ का वडाअध्यक्ष प्रेम बहादुर धामीले जानकारीदिनुभएको छ ।

सो वडा कार्यालय गाउँपालिकाको कार्यालयबाट करिब एक दिन पूरै पैदल लाग्ने भएकाले रायल प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलमा पुग्न लागेको डिएसपी गणेश बमले जानकारी दिनु भएको छ । उनले भने त्यो वडा बिकट भएका कारण खवर पाउने बित्तीकै प्रहरी टोली घटना स्थलमा हिडेको हो ,मौसम खराबी र धेरै टाढा भएकाले घटना स्थल पुग्न केहि समय लागेको बताए तर घटना को बिषयमा स्थानीयका अनुसार बिप्लब समुहको ५÷७ जनाको समुहमा आएर जलायो भन्ने छ तर प्रहरी घटना स्थल पुगेर मुचुल्का आई सके पछि मात्र कस्ले जलाएको हो भन्ने सकिने हो । अहिले अनुसंधानको कार्य जारी नै छ ।