सुहानालाई लिनु रिस्क थियो:झरना थापा


झरना थापा अब नायिकाबाट निर्देशक भइसकेकी छिन्। उनले होम प्रोडक्सनबाट ए मेरो हजुर २ र ३ का निर्देशन गरेर आप्mनो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेकी छिन्। ए मेरो हजुर ३ एउटै फिल्मबाट छोरी सुहाना थापालाई समेत प्रतिभाशाली नायिकाका रूपमा प्रस्तुत गर्न सफल झरना आफ्नो पछिल्लो फिल्म विभिन्न देशमा प्रदर्शन गरेर फर्की अब अर्को फिल्म निर्माणको तयारीमा छिन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

रश्मी थापा

हिजोआज के गर्दै हुनुहुन्छ ?

विभिन्न देशमा पुगेर ए मेरो हजुर ३ देखाइसकेपछि अबचाहिँ ए मेरो हजुर ४ का लागि स्टोरीमा बसिरहेका छौं। ए मेरो हजुर ३ देश र देशबाहिर व्यापकरूपमा प्रदर्शन भयो।

अक्टोबर ५ तारिख ओमनमा लाग्दै छ। दर्शकको आशीर्वाद पाएको छु। खुसी भएर अगाडि बढ्ने मौका पाएको छु। ए मेरो हजुर ४ अगाडि भागवद्गीता बनाउने कि भन्ने सोचमा थियौं।

तर देशविदेश सबैतिरबाट ए मेरो हजुर ४ बनाउन डिमान्ड आयो। म निर्देशकमात्र नभएर निर्मात्री पनि हुँ। निर्मातासमेत भएर हेर्दा ब्रान्ड नाममै काम गर्ने सल्लाह भयो र ए मेरो हजुर ४ बनाउने डिसिजनमा पुग्यौं।

यसको सुटिङ फागुन महिनामा गर्छु होला। यसमा छोरी सुहाना नै हिरोइन हुन्छिन्। हिरोमा नयाँ अनुहारको खोजी गरिरहेका छौं। यसमा अनमोल केसी हुनुहुन्छ।

उहाँका लागि भागवद्गीता सोचिरहेका छौं। उहाँ एन्टी हिरोमा जानुपरकाले त्यसको निर्माण ए मेरो हजुर ४ पछि गर्ने प्लान छ।

ए मेरो हजुर ३ को व्यापारले उत्साह बढाएको छ। तर कलेक्सन कति भयो भन्नेचाहिँ सुनिलजीलाई सोध्नुपर्छ, मलाई थाहा छैन।फेरि नेपालको बक्स अफिस त्यही हो। बक्स अफिस लागू भए पनि हिसाबकिताब आउनै बाँकी छ। सुनिलजी अझै हिसाबमै अल्झिरहेको देखिरहेकी छु।

ए मेरो हजुर ३ को व्यापार कस्तो रह्यो ?

व्यापार राम्रो भयो। ए मेरो हजुर २ भन्दा ए मेरो हजुर ३ ले राम्रो व्यापार गर्यो। यसको व्यापारले उत्साह बढाएको छ। तर कलेक्सन कति भयो भन्नेचाहिँ सुनिलजी (निर्माता पति सुनिलकुमार थापा) लाई सोध्नुपर्छ, मलाई थाहा छैन।

फेरि नेपालको बक्स अफिस त्यही हो। बक्स अफिस लागू भए पनि हिसाबकिताब आउनै बाँकी छ। सुनिलजी अभैm हिसाबमै अल्झिरहेको देखिरहेकी छु।

निर्देशनका हिसाबले ए मेरो हजुर ३ तपाईंको दोस्रो फिल्म। तुलनात्मक हिसाबले तपार्इंको नजरमा ए मेरो हजुर २ र ३ मा कुनचाहिँ गतिलो ?
ए मेरो हजुर २ र ३ मा ३ नै गतिलो फिल्म हो जस्तो लाग्छ। किनभने यो मलाई स्टोरीवाइज पनि चित्त बुझेको फिल्म हो।

कलाकारहरूले पनि राम्रो काम गरेका छन्। मेरो हिसाबमा ए मेरो हजुर २ मा धेरै कमीकमजोरी थिए। किनभने त्यो मेरो फस्ट फिल्म थियो। ए मेरो हजुर ३ मा २ को तुलनामा आफूले आफूलाई नै माझेको पाएँ।

यसोभन्दा घमण्ड गरेजस्तो देखिएला। तर सत्य यही हो। यो फिल्म प्रचारप्रसार र व्यापारसम्म हरेक कुरामा सफल भयो। सुहाना र अनमोलको जोडीदेखि लिएर सबै कुरा दर्शकले मन पराउनुभयो।

निर्देशकभन्दा पनि आमाको हिसाबले कुनै कुनै बेला त छोरीलाई लिएर गल्ती त गरेको छैन भन्ने पनि लाग्थ्यो। छोरीलाई हिरोइन बनाउन लागेको भनेर मिडियामा पनि कति आलोचना भयो। तर सुहानाले काम गरेर देखाइन्।

छोरी सुहानाबाट काम लिन कत्तिको कठिन भयो ?

यो उसको फस्ट फिल्म हो। त्यसैले काम गराउन गाह्रो त अवश्य थियो। त्योभन्दा पनि बढी ठूलो रिस्क थियो। मैले यतिका वर्ष झरना थापा भनेर नाम कमाउँदै आएको थिएँ।

त्यो इज्जत छोरीले राख्ने हो कि नराख्ने हो, दर्शकले स्वीकार गर्ने हो कि होइन भन्ने डर थियो। निर्देशकभन्दा पनि आमाको हिसाबले कुनै कुनै बेला त छोरीलाई लिएर गल्ती त गरेको छैन भन्ने पनि लाग्थ्यो।

छोरीलाई हिरोइन बनाउन लागेको भनेर मिडियामा पनि कति आलोचना भयो। तर सुहानाले काम गरेर देखाइन्। कुनै कुनै ठाउँमा त उनको काम देखेर म आपैm प्रभावित हुन पुगें।

किनभने एक्टिङ गर्ने क्रममा म कति फिल्मपछि बल्ल रुन सकेको थिएँ। ए मेरो हजुर १ आँखाबाट आँसु झार्न नसकेकै कारण शिव रेग्मी र श्रीकृष्णको गाली खाएको थिएँ।

तर सुहाना ए मेरो हजुर ३ का लागि मज्जाले रोइदिइन्। निर्देशकका दृष्टिकोणबाट चाहिँ सुहानाले दर्शकको मन जित्नेमा ढुक्क थिएँ।

छोरीलाई हिरोइन बनाएको फिल्ममा छाडा दृश्य र संवादको बाढी किन ल्याउनु भएको ?

म के स्पष्ट पार्न चाहन्छु भने ती वर्ड र सिनहरू होस्टलमा बस्ने केटीहरूको थियो। होस्टलमा बस्ने अहिलेका केटाकेटी कसरी कुरा गर्छन्, कस्तो कुरा गर्छन् भनेर हामीले स्टडी गरेका थियौं।

सुहानासँगको २ जना क्यारेक्टर होस्टलमै बसेर आएका हुन्। उनीहरूले पनि यस्तो त हामी नर्मल्ली बोल्छौं भने। अहिलेका बच्चाहरू त्यतिको शब्द बोल्छन् नै। त्यसबाट नेगेटिभ भाइब्ज आएजस्तो लाग्दैन।

उनीहरूले हाँस्दै हँसाउँदै गरेको पाएँ। त्यसैले मलाई चाहिँ अप्ठ्यारो फिल भएन। २/४ जनालाई गाह्रो भयो होला। पब र डिस्को नजानेलाई यसबारे थाहा नहुन पनि सक्छ।

ए मेरो हजुर ३ धेरै देशमा प्रदर्शन गरेर आउनुभयो। रेस्पोन्स के पाउनुभयो ?
रेस्पोन्स एकदमै राम्रो पायौं। म फिल्म लिएर जहाँजहाँ पुगें सबै ठाउँबाट राम्रो रेस्पोन्स पाएँ।

ए मेरो हजुर ३ मैले कमर्सियल मुभी बनाएको हुँ। यसबाट अडियन्सले टाइम गएको थाहा नपाऊन् भन्ने सोच थियो, त्यो मिट गरें।

व्यावसायिक हिसाबले विदेश र नेपाल प्रदर्शनमा कुनचाहिँ लाभदायीसिद्व भयो ?

व्यापार त नेपालमै राम्रो भयो। फिल्म चल्यो भने कमाउने नेपालबाटै हो। नेपालमा फिल्म चलेपछि विदेशमा पनि त्यसले राम्रो व्यापार गर्छ। नेपालमा चलेको फिल्मको विदेशमा डिमान्ड हुन्छ।

नेपालमा फिल्म चलेन भने विदेशमा पनि डिमान्ड हुँदैन। विदेशमा पहिले पहिले प्रोजेक्टरबाट फिल्म देखाउनुपथ्र्यो। रेस्टुराँमा लगेर फिल्म देखाउनुपथ्र्यो।

तर हामीले ए मेरो हजुर २ देखि नै त्यत्रो लगानीको फिल्म प्रोजेक्टरमा त देखाउन्नौं भनेपछि हलमै देखाउने व्यवस्था भयो। अहिले सबै फिल्म हलमै देखाइन्छ।

पहिले पहिले विदेशमा गएर नेपाली फिल्म हेरिदिनुस् भन्नुपथ्र्यो। डोरडोरमा गएर टिकटका लागि रिक्वेस्ट गर्नुपथ्र्यो। अहिले अललाइन टिकट नै चल्छ।

अबको योजना के छ ?

अब त्यही नै हो डिमान्ड भएको देशमा गएर ए मेरो हजुर ३ देखाउने र ए मेरो हजुर ४ को तयारी गर्ने। यो इन्डस्ट्रीमा लागेको २३/२४ वर्ष भयो। अब यसबाहेक अरू केही सोच्न सकिन्न। जिन्दगी फिल्ममै बिताउने हो।