कटुवा पेस्तोलसहित १ पक्राउ


सर्लाही । लालबन्दी नगरपालिका ५ मेजरगंजबाट प्रहरीले एकजनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने ३० वर्षीय राजेश महतो रहेको प्रहरीले जनाएको छ ।

महतोलाई एक थान कटुवा पेस्तोलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दी नगरपालिका ५ मेजरगंजस्थित सडकमा लालबन्दीतर्फ आउँदै गरेको बिआर ०६ एजे ०८०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोको साथमा रहेको पेस्तोल फेला पारेको हो । महतो प्रहरीलाई देखेपछि मोटरसाइकल छोडी धान खेतमा हामफाली फरार भएका थिए । भाग्ने क्रममा महतोको कम्मरमा भिरेको पानी बर्षादी फेलापारी तलासी गर्दा उक्त पेस्तोल बरामद भएको थियो । फरार भएका महतोलाई लालबन्दी नगरपालिका ७ बजारबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निज महतोसँगै आएका ना।६ प २३९२ नम्बरका मोटरसाइकल चालक लालबन्दी नगरपालिका ५ मेजरगंज ४० वर्षीय सोनालाल ठाकुर समेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।