मिल्सवेरी स्कुलले निकाल्यो साइकल र्‍याली


काठमाडाैँ । विश्व शान्ति दिवसको अवसरमा मिल्सबेरी इन्टरनेशनल स्कुल बासबारीले शनिबार साइकल र्‍यालीको आयोजना गरी मनायो । बिहान स्कुल प्राङगणबाट शुरु भएको सकाइकल र्‍याली राजधानीको बिभिन्न भाग परिक्रमा गरेको थियो ।

विश्वभर बिभिन्न बहानामा हिंसात्मक गतिबिधि बढ्दै गएपछि संयुक्त राष्ट्र संघले सेप्टेम्वर २१ लाई बिश्व शान्ति दिवसको रुपमा मनाउदै आएको छ ।

स्कुल परिसरबाट शुरु भएको र्‍याली न्युरो अस्पताल, नारायणगोपाल चोक, पानी पोखरी, केशर महल, नागपोखरी, नारायण चौर, भाटभटेनी, बालुवाटार, हुदै महाराजगन्जबाट स्कुल परिसरमा पुगेर अन्त्य भएको थियो ।

साइकल र्‍यालीमा विद्यालयमा ९१ जना बिद्यार्थी, ७० जना शिक्षक कर्मचारी र अभिभावकको समेत सहभागिता रहेको थियो ।