पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु


दाङ । पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दाङको शान्तिनगर गाउपालिका वडा न ४ निवासी ३ वर्षिय रिदम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

आमा सीता नेपालीसँगै पसलमा सामान किन्न गएका रिदम पसल नजिकै रहेको पोखरीमा डुबेका थिए । शनिबार बिहान ८ बजे उनी पोखरीमा डुबेको प्रहरीले जनाएको छ । उपचारका लागि रिदमलाई तुलसीपुरको तुलसी बालअस्पिटल ल्याइएको थियो ।

अस्पताल लगिए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।