नक्कली भारतीय नोटसहित २ पक्राउ


रुपन्देही । नक्कली भारतीय नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सम्मरीमाई गाउँपालिका १ करौताबाट २ हजार दरका नक्कली भारतीय नोट ३ थान सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मर्चवारी गाउँपालिका ७ बगौली बस्ने ३९ वर्षीय दिनानाथ कुर्मी र श्याममणी चौधरी रहेका छन् । ईलाक प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।