जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बर्दिवास । महोत्तरीमा भएको सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ज१त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँदै गरेको ज १० प २०६५ नम्बरको मोटरसाईकललाई दिएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।