तीन र्याक मल भित्र्यिो

14
Shares

कृष्णउदास खनाल, वीरगञ्ज।वीरगञ्जमा रहेको कृषि सामग्री कम्पनीको तीन र्याक डिएपी मल वीरगञ्ज भन्सारबाट नेपाल भित्रा्एको छ। कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालय प्रमुख गोविन्द पराजुलीका अनुसार भदौ ७ गते पहिलो, बिहीबार दोस्रो र तेस्रो गरी २ र्याक वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो ।

भारतको विशाखापटनम बन्दरगाहबाट मल बोकेका यी रेल र्याक आइपुगेको उहाँले जानकारी दिनुभयो। भारतकै इन्डियन पोटास लिमिटेड मलको यो कन्साइन्मेन्टको सप्लायर रहेको छ । पराजुलीका अनुसार थप अर्को रेल र्याक डिएपी मल लिएर अर्को सोमबार वा मंगलबारसम्म वीरगञ्ज आइपुग्नेछ ।

कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका लागि आएको एक र्याक डिएपी मल बिहीबार नै भैरहवा नजिकको भारतीय रेल्वे स्टेसन नौतनवा आइपुगेको छ । एक रेल्वे र्याकले २ हजार ५ सय मेटन मल बोक्छ ।

कुल २५ हजार मेटन डिएपी मल आयातको यो सम्झौता अन्तर्गत १० हजार मेटन मल वीरगञ्ज क्षेत्रीय कार्यालय, ९ हजार मेटन भैरहवा क्षेत्रीय कार्यालय र ६ हजार मेटन विराटनगर क्षेत्रीय कार्यालयले पाउनेछ । वीरगन्ज कार्यालयको आधा मल आइसकेको छ । बिहीबार आएको दोस्रो र्याकमध्ये आधा विराटनगर जानेछ । अब आउने चौथो र्याक मल पुरै विराटनगर जानेछ ।

खासगरी पहिलो र दोस्रो र्याकमा आएको डिएपी मल वीरगञ्ज क्षेत्रीय कार्यालय मातहतका वीरगञ्ज समेत जनकपुर, हेटौंडा, त्रिशुली, कावासोती, भरतपुर, धुलिखेल, काठमाडौं, गजुरी, कलैया, सर्लाही, चन्द्रपुर, सिन्धुली, दमौली लगायतका कार्यालयमा आवश्यक परिचालन भइसकेको छ ।धान रोप्ने समयमा मलको अभाव भएपनि धान गोड्न समयमा मल अभाव नहोस् भनेर मलको सअज आपूर्ति मिलाइएको पनि पराजुलीले बताउनुभयो।