मानब बेचबिखन तथा ओसार-पसार बिरुध्द अन्तर्कृया कार्यक्रम सम्पन्न



शंखर पहाडी(गौरब),बारा।

बाराको निजगढमा रहेको ईलाका प्रहरी कार्यालय निजगढले सोमबार समुदायप्रहरी साझेदारी कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानब बेचबिखनतथा ओसार पसारबिरुध्द अन्तर्कृया कार्यक्रम गरेको हो ।

समाजमा कुनै पनि बेला जस्तो सुकै घटना घटन सक्ने र त्यसको लागि प्रहरीलाई घटनाको जानकारी गराएर घटना घट्न नदिने बनाउन सम्पुर्ण आमनगरबासीको सहयोग अपरिहार्य रहने कार्यक्रमका अध्यक्ष तथा ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी प्रमुख प्रहरी निरिक्षक रुद्र साहीले बताउनुभयो ।

त्यस्तै पछिल्लो समय मानब बेचबिखन जस्तो जघन्य अपराध बढेकोले बैदेशिक रोजगारीमा जाँदा समेत सचेत हुनु पर्ने कार्यक्रमका प्रमुख अतिथी तथा निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामीछाने(खनाल)ले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रमुख रुद्र शाहीको अध्यक्षता तथा नगर उपप्रमुख लामीछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमम स्थानिय भद्रभलादमी स्थानियबासी लगायत प्रहरी प्रशासन तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्