यौनाङ्ग देखाएर अभद्र व्यवहार गर्ने युवक जेल चलान


स्याङजा । यौनाङ्ग देखाएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीर्ले क जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा आँधीखोला गाउँपालिका ५ का २८ वर्षीय बाबुराम विक रहेको प्रहरीले जनाएको छ । अभद्र व्यवहार गरेको आरोपमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला अदालत स्याङ्जाले विकलाई जेल चलान गरेको छ ।

साउन २२ गते विकविरुद्ध प्रहरीमा उजुरी परेको थियो । पक्राउ परेका विकलाई अदालतले ५० हजार धरौटी माग गरेको थियो। उक्त रकम तिर्न नसक्दा पक्राउ परेका विक जेल चलान भएको प्रहरी जनाएको छ ।