दम्पती हत्याको प्रयास गर्ने ३ जनाविरुद्ध प्रहरीमा उजुरी

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । रास्कोट नगरपालिका ७ का एक दम्पतीलाई धारिलो हतियार प्रहार गर्ने प्रयास गरेको भन्दै रास्कोट ९ थोल्मका अम्बरे तिरुवा, सोही ठाउँका सग्ंरामे तिरुवा र बुधे लुवारका विरुद्धमा घाइतेका आफन्तले जिल्ला प्रहरी कार्यालय कालिकोटमा किटानी दर्ता गराउनुभएको छ ।

रास्कोट नगरपालिका ७ स्थित गैरागाउँका ५८ वर्षीय तुले कामी र उनकी श्रीमती रचना कामीमाथि बिहीबार राति धारिलो हतियार प्रहार गरी हत्याको प्रयास गर्ने गरिएको पीडित पक्षको आरोप रहेको छ । बिहीबार राति करिब १ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हरियार प्रहार गरेको इलाका प्रहरी कार्यालय रास्कोटले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट तुले र उहाँकी श्रीमतीको घाँटी र कानमा गहिरो चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार सम्भाव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ ।

पीडकहरुले दिउसो दिउँसो झगडा गरेको र राती हत्या गर्ने उद्देश्यकासाथ आक्रमण गरिएको घाइतेका भाइ रंगे कामीले वताउनुभयो ।
आरोपीहरु फरार रहेकाले खोजि कार्य जारी रहेको प्रहरीको भनाइ रहेको छ ।