गौ हत्या प्रकरणमा ट्रकसहित ५ चालक पक्राउ

0
Shares

सुर्खेत । सुर्खेतमा भएको गाई हत्या प्रकरणमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना ६ ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना ६ ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षका हिम ब।जिसी, ना ६ ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय विवेक कुवँर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै भे १ ख १०१५ नम्बरका चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर बिश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिकाले पठाएका गाईलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवामा लगि मारिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नै चिठी लेखेर नेपालगंज उपमहानगरपालिका अन्र्तगतको कान्जिहाउसमा रहेका करिब ३ सय ७० गाई सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म पुर्याउन सहयोग गरेको पत्र लेखेको भेटिएको हो । भदौ ८ गते कार्यपालिकाको निर्णय अनुसार उपमहानगरपालिकाले जिल्ला प्रशासनलाई पत्रको लागि अनुरोध गरेको पत्रमा उल्लेख छ ।

दर्जनौं गाई मारेको खबरपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव कुमार चपाई, १४ का वडाका अध्यक्ष टोप बहादुर दर्लामी, वीरेन्द्रनगर नगररपालिकाका कर्मचारी र पशु चिकित्सकसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो । स्थलगत निरिक्षणपछि टोलीले १६ वटा गाई मृत अवस्थामा भेटाएको थियो । जसमा १२ वटा गाई, ४ वटा गोरु मृत अवस्थामा भेटिएका छन् ।

मृत गाईहरूको मुचुल्का र पोष्टमार्टम वीरेद्रनगरनगरपालिकाले गरेको छ । अन्य ७ वटा गाई गम्भीर घाइते अवस्थामा रहेका र अन्य गाईहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।