अछाममा जीप दुर्घटना हुँदा २ को मृत्यु, ५ घाइते

0
Shares

अछाम । अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ५ बजेको समयमा भएको दुर्घटनामा ५ जना घाइते छन् । अछामको साँफेबगरबाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप दुर्घटना भएको हो।