बालक अपहरण गर्ने भारतीय नागरिक पक्राउ

0
Shares

सिरहा। सिरहाका एक बालकलाई अपहरण गरी भरततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहट घर भइ सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेको प्रहरीले जनाएको छ ।

मुखियाले यादवका छोरालाई डेराबाटै अपहरण गरेका थिए । बालक अपहरणमा संलग्न मुखियालाई संघीय प्रहरी ईकाइ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार सर्लाहीको विष्णुपुर गाउँपालिकास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो ।

उद्दार गरिएका बालकको सवास्थ्य परीक्षणपछि अभिभावकलाई जिम्मा दिने प्रहरीले जनाएको छ ।