गाई मारेको अभियोगमा १ पक्राउ


काठमाडौं । भक्तपुरको चाँगुनारायणबाट गाई मारेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेको एक गाईलाई बिहीबार राति दाउराको चिर्पट र कोदालो प्रहार गरेर मारेका थिए । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।