लागुऔषधसहित २ पक्राउ


शंखर पहाडी, बारा । बाराको निजगढबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगन्ज महानगरपालिका २ छप्कैयाका वर्ष अन्दाजी ३६ का महमद नौसद अली र बाराको जितपुर सिमरा उप महानगरपालिका १५ का वर्ष अन्दाजी २४ का अनिल राई रहेको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक रुद्र शाहीले बताउनु भयो ।

प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा पुर्व पश्चीम राजमार्ग अन्र्तगत पर्ने निजगढ सडक खण्डबाट ना २ ह ४४९३ नम्बरको अटोमा सवार राई र अटोका चालक अली पक्राउ परेका हुन । उनिहरुको साथबाट नाइट्रोभेट १० लेखिएको ३० थान बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुले बिरगन्जबाट किनेर लुकाई छिपाइृ ल्याउँदै गरेको अवस्थामा सो परिमाणको लागु औषध बरामत भएको हो ।

पक्राउ परेका उनिहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भई रहेको प्रहरी निरिक्षक शाहीले बताउनु भयो ।