रसुवागढी जोड्ने सडक खुलाउन नेपाली सेनाको सहयोग


सरस्वति न्यौपाने, रसुवा । पासाङल्हामु राजमार्ग अन्तर्गत र्दनिक हजारौको संख्यामा चल्ने बैकल्पिक राम्चे—धुन्चे खण्डको ब्राबल भीर सडकमा जमिन मुनिबाटै भासिएको सडक खुलाउन नेपाली सेनाको उल्लेखनिय सहयोग रहेको छ ।

भदौ ८ गतेको अविरल वर्षाको कारण सडक छेउमा लगाएको तार जाली फुटेपछि करिव १५ मिटर लम्बाईको सडक जमिनमुनिबाटै भासिन गई सडक अवरुद्ध हुन पुगेको थियो । केहि समयका लागी सडक आंशिक र अस्थाई रुपमा सवारी साधनहरु पास हुने व्यवसथा मिलाइएपनि दुर्घटनाको जोखिम हुने भएकोले ३ दिनको कठिन प्रयासबाट विहिवार साभबाट सबै प्रकारका सवारी साधनहरु आवत जावत गर्ने गरी सडक मर्मत गरिएको छ ।

कालि प्रसाद इन्जिनियर हेटौडाले प्राविधिक जनशक्ति उपलब्ध गराई विस्पोटक पदार्थ सामाग्री व्यवस्थापन गरी सुरक्षार्थ नेपाली सेना कालिजंग गण धुन्चे ल अह्रोरात्र सुरक्षामा खटिएको थियो यस्तै सडक डिभिजन नुवकोट रसुवागढी जलविद्युत आयोजना, सान्जेन जलविद्युत आयोजना चिलिमे जलविद्युत आयोजना जिल्ला ट्रफिक कार्यालय र सशस्त्र प्रहरी २० नम्बर गुल्म धुन्चे, नेपाल प्रहरी लगाएत सम्पुर्ण सरोकार वालाहरुको विशेष रुपमा सहयोग रहेको थियो ।

चार दिन देखि अवरुद्ध भएको अन्तरष्ट्रिय नाका रसुवागढी जोड्ने सडक सुचारु भए पछि सयौको संख्यामा साना तथा ठुला गाडीहरुको आवत जावत भइरहेको छ । रसुवाको सडक निर्माण हुदा वि.सं. २०४१ सालमा लगाएको ग्याविन पर्खाल समयमा नै मर्मत संभार नसकेका कारण राजमार्गको सतह भासिन गएको हो ।