आफ्नै छोरीको हत्या गर्ने बुवा १९ वर्षपछि पक्राउ


यमलाल भुसाल, बुटवल । आफनै छोरीलाई हत्या गरि फरार बुवालाई १९ वर्ष पछि रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
घटना विवरण अनुसार विस २०५४साल साउन २३ गते जिल्ला रुपन्देही विष्णुपुरा गा.वि.स.वडा नं. ९ बस्ने पुर्णवासी लोनीयाले छोरी वर्ष १५ की कान्ती लोनीयालाइ हत्या गरि फरार रहेका थिए ।

बुबा पुर्णवासीले पटक पटक छोरीलाई कुटपिट गर्ने समेत गरेको र निजले नै कर्तब्य गरेर मारेको भनी जाहेरी दिई कर्तब्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न भई मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरीएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर भई मुल्तबीमा रहेको थियो ।

निज प्रतिवादीलाई खोजतलास गर्दा साविक जिल्ला रुपन्देही विष्णुपुरा ९ हाल गैडहवा गाँउपालीका वडा नं. ६ गुलरीया बस्ने चिरकुट लोनीयाको छोरा वर्ष ६३ का पुर्णवासीलाई सि.न.पा.वडा नं.५ मालपोत कार्यालयवाट प्रहरीले बुधवार पक्राउ गरि विहिवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी धर्मराज भण्डारीले बताउनु भयो ।