तेलको ग्योलनबाट लागूऔषध तस्करी, २ भारतीय नागरिक पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज । पर्सामा खाने तेलको ग्यालेनमा लागू औषध लुकाएर तस्कारी गर्ने गरेको पाइएको छ ।

यही क्रममा प्रहरीले दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट सशस्त्र प्रहरीले भारत मोतिहारी जिल्ला मोर्जे–२० का ३५ बर्षीय धर्मेन्द्र साह र १८ बर्षीय पिन्टु कुमार पासवानलाई नियन्त्रणमा लिएको हो ।रक्सौलबाट वीरगन्ज आउँदै गरेको अवस्थामा धारा तेलको ग्यालेनमा शिलबन्दी गरी अवैद्य लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताउनुभयो । ग्यालेनभित्र डाईजेल्याब ४ सय थान, नोफिन ३९० थान, फेनारगन ४ सय १० थान राखेर शिलवन्दी गरेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

थोरै तरकारीसँगै झोलामा तेलको ग्यालेन देखेपछि शंका लागेपछि उनीहरुमाथि खानतलासी गरेको ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक बहादुर थापाले बताउनुभयो । पक्राउ परेका दुवैजनालाई लागू औषधसहित आवश्यक कारबाहीका लागि लागु औषध नियन्त्रण व्यूरो कार्यालय वीरगन्जलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरि पर्साको पर्सागढी नगरपालिका– २ बाट लागुू औषध गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् । सखुवा प्रसौनी गाउँपालिका–१ बस्ने ४५ बर्षिय तारा पासवानलाई पक्राउ गरिएको हो ।शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प वागेश्वरी र अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको संयुक्त प्रहरी टोलीले ४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।