नाडा अटो शोमा ससाङयोङको नयाँ गाडी, मूल्य ७३ लाख



न्युज अफ नेपाल, काठमाडौँ ।

नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ ।

भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं एच १४ प्रदर्शन गरिएको छ । कम्पनीले अधिकत्तम छुटका साथ माइन्ड ब्लोइङ अफर ल्याएको छ ।

नाडा प्रदर्शनी २०१९ मा ससाङयोङ कम्पनीका गाडीको अर्थमन्त्री डा। युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

प्रमुख अफरहरु बाहेक ससाङयोङ मोटर्सले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँचवर्षको निःशुल्क सर्भिसिङ्ग, तीनवर्षको वारेन्टी, मासिक सरल किस्ता, उचितब्याजदर र रु। २५ हजार सम्मको एसेसरिज सुविधा दिने जनाएको छ ।

नाडामा लन्च भएको मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुटको सुरुवाती मूल्य ७३,९९,००० छ ।

प्रतिक्रिया दिनुहोस्