८ लाखको चेक बाउन्स गराएर फरार एक जना पक्राउ


काठमाडौँ । चेक बाउन्स गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको मनमैजु गाविस–१ हाल तारकेश्वर नगरपालिका– ११ बस्दै आएका प्रभात बिक्रम थापा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाले अर्जुन तामाङ्बाट ८ लाख ५० हजार ऋण सापटी लिएका थिए । सो रकम भुक्तान गर्न रकम नभएको सिभिल बैंकको चेक २०७५ वैशाख १५ मा जारी गरेका थिए।

जारि गरेको उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो । बैकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनले २०७५ चैत ४ गतेको फैसलाले थापालाई ८ लाख ५० हजार रुपैयाँ जरिवानाका साथै १५ दिन कैद हुने ठहर गरेको थियो।

फरार रहेका थापालाई पक्राउ गरी प्रहरीले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएएको जनाएको छ