मोटरसाइकल चोरी मुद्दाका आरोपित पक्राउ


काठमाडौं । मोटरसाइकल चोरी गरेर फरार रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी १ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले भदौ ४ गते सितापाइलाबाट प्रकाश तामाङको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा मंगलबार थानकोटबाट उनीहरु भागेका थिए ।

पक्राउ परेका नेपाली थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा समातिएका हुन् । नेपालीलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ ।