प्रदेश २: अब अर्गानिक स्टेट 



लहान, प्रदेश २ सरकारका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशलाई कृषिमा नमुना बनाउँन सिँचाई, मलखाद्य, उन्नत विउविजनसहित बजारिकरणको आधारभूत संरचना तयारीमा लागेको बताए ।

लहानमा शनिवार पत्रकार भेटघाट गर्र्दै मन्त्री साहले सिँचाईको लागि कोशी कमला डाईभर्सन गर्दै अरु नदीनाला पहिचान गर्दै सिँचाईको व्यवस्थापन गर्ने भन्दै साना किसानको लागि पाँच हजार ट्वेल वितरण गर्ने बताए ।

मुख्यमन्त्री कृषि उत्थान कार्यक्रमले प्रदेश २ को कृषि क्षेत्रको आधुनिकीकरण र अधिकतम उत्पादन गर्न १० कठ्ठासम्म भएका किसानलाई बार्षिक १० हजार रकम उपलब्ध गराउँने मन्त्री साहले बताए ।

किसानले कम लागतमा बढी मुनाफा हासिल गर्न कृषि उपकरण खरीदमा ५० देखि ८५ प्रतिशत सम्म अनुदान छुटको समेत ब्यबस्था गरेको छ । कृषिक्षेत्रको समस्या समाधानको लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढिरहेको मन्त्री साहले बताए ।
अर्गा्निक स्टेटको रुपमा प्रदेश २ लाई अगाडि बढाउँने भन्दै मन्त्री साहले खेतीको समयमा हुने मलको अभावलाई कम गर्न प्रदेशमा ३ वटा अर्गा्निक मलको उद्योग स्थापनाको तयारीमा रहेको बताए ।

देशभर बार्षिक ६ देखि ७ लाख मेट्रीक टन रासायनिक मलको माग रहेपनि ४ लाख मेट्रीक टन मात्रै आपूर्ति हुने गरेको बताउँदै मन्त्री साहले माग अनुसार आपूर्ति नहुँदा प्रदेश २ मा कृषि उत्पादनमा कमि हुँदै गएको बताए ।

कृषि उत्पादनमा जोड दिँदै स्थानीय तहको समन्वयमा कृषकले कस्टम ह्यारिङ सेन्टर मार्फत न्युनतम शुल्कमा कृषि औजार तथा उपकरण प्रयोग गर्ने सुबिधा प्रत्येक पालिकामा व्यवस्था गरिने मन्त्री साहले बताए ।

जल, जमिन र जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रदेशका युवालाई प्रदेशमै राख्नको लागि पनि कृषि क्षेत्रलाई ब्यबस्थित र सामूहिक खेतिको लागि समेत ऋण उपलब्ध गराउने मन्त्री साहले बताए ।

यो सँगै आठ वटै जिल्लामा कोल्ड स्टोर, प्रदेशको प्रत्येक पालिकामा दुधमा आत्म निर्भर बनाउँन चिस्याँग केन्द्र र धानचामल ब्रान्डिँगको लागि प्रत्येक जिल्लामा सेलर प्लान्टको व्यवस्था गर्दै ‘हर खेतमै पाइन, हर हातमे रोजगार’ नारालाई सार्थक बनाउँने मन्त्री साहले बताए ।

साईकल पाएर कर्जन्हाका छात्रछात्रा हर्षित

सिरहाको कर्जन्हा नगरपालिकाले छात्रछात्रालाई आज साईकल उपलब्ध गराएको छ । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले आफ्ना नगरपालिकाभित्र पर्ने दूई सय छात्रछात्रालाई साईकल उपलब्ध गराएको छ ।

जनसेवा उच्च मावि कर्जन्हामा अध्ययरत ११ कक्षामा परीक्षा दिइसकेका १ सय ६ र राष्ट्रिय फुलकुमारी उच्च मावि बन्दीपुरका ९४ छात्रछात्रालाई साईकल उपलब्ध गराएका छन् ।

११ कक्षाको परीक्षा दिइसकेकी अँजली अधिकारीले ‘सधैं हिडेर स्कूल पुग्थे ।’ ‘अब साईकल पाएको छु’ ‘समयमै स्कूल पुग्ने साधन भएकोले खुशी छु ।’ बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारले कक्षा ८ मा अध्ययनरत छात्रालाई निःशुल्क साईकल वितरण गर्दै आएको छ ।

कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले उच्च शिक्षातर्फ डोर्याउँन कक्षा १२ पढ्न जाने छात्रछात्रालाई साईकल दिएर प्रोत्साहन गरिएको छ ।

नगरका छात्रछात्रा उच्च शिक्षा हासिल गर्नको लागि अगामि दिनमा विद्यार्थीमैत्री सशक्त कार्यक्रम ल्याउँदै जाने प्रमुख पासमानले प्रतिबद्धता समेत गरेका छन् । साईकल पाएर हर्षित बनेकी अँशु कोइरालाले ‘साईकल पाएर मेरो पढाईमा थप उर्जा आएको छ । टाढाबाट विद्यालय जान्थे, कहिलेकाही कक्षा नै छाडिदिन्थे । अब नियमित कक्षा नछोडिने भए ।’

कर्जन्हा नगरपालिकाले पहिलो पटक २ सय छात्रछात्रालाई साईकल उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्