ट्रकले किच्दा १ को मृत्यु, १ घाइते


बुटवल । बुटवलको ट्राफिक चोकमा ट्रकले साइकललाई किच्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा साइकल चालक पाल्पा रैनादेवी गाउँपालिका ७ बस्ने २५ बर्षीय पुर्ण बहादुर रास्कोटी भएको प्रहरीले जनाएको छ ।

लु २ ख ६८४ नम्बरको ट्रकले शनिबर दिउँसो साइकललाई किचेको थियो । साइकलको पछाडि बसेका सोही स्थानका ३६ वर्षीय थम्मन सिंह रास्कोटी भने घाइते भएका छन् । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ ।