ट्रकमा करेन्ट प्रवाह हुँदा सहचालकको मृत्यु


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको बाग्मती गाउँपालिका ३, छपेलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गुल्मी मुसिकोट घर भएका १९ वर्षिय विकाश कार्कीको करेन्ट लागि शनिबार विहान घटनास्थलमै मृत्यु भएको हो ।

छपेलीमा विजुलीको सामाग्री खसाल्न बुम उठाउने क्रममा क्रेन गाडीमा करेन्ट लागि उनको मृत्यु भएको प्रहरी चौकी भट्टेडाँडाका प्रहरी सहायक निरिक्षक लक्ष्मण थापाले बताउनुभयो ।

उक्त क्रेन गाडीमा खानीखोला हाइड्रोपावरको ट्रान्समिसन लाईन बनाउन सामाग्री लिएर विहानै छपेली पुगेको थियो ।
खलासीले गाडीको बुम उठाउदा गाडीमा करेन्ट प्रवाह भएर युवकको मृत्यु भएको प्रहरीको भनाई छ । हाइटेशनको लाइनमा छोएर सो घटना घटेको जानकारी प्रहरीले जनाएको छ ।

उक्त घटनासँगै प्रहरीले क्रेन गाडी चालक काठमाडांैं चन्द्रगिरी नगरपालिका तिनथानाका राधाकृष्ण केसीलाई नियन्त्रणमा लिएको छ । गाडीमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।