दलित अगुवा सार्कीको स्मृतिमा शैक्षिक सामग्री वितरण


पोखरा ७ भदौ । दलित आन्दोलनका अगुवा समाजसेवी तथा शिक्षा प्रेमी स्व. भवे सार्कीको पाँचौ स्मृति दिवसको अवसरमा बटुक भोजन एवम शैक्षिक सामग्री वितरण गरिएको छ ।

निरङ्कुससत्तालाई फालेर सबैले समान रुपले बाच्नुपर्छ भनि लड्ने योद्धा भवे सार्की सबैको नेता रहेको नेपाली कांग्रेस कास्कीकि नेतृ सरस्वती गुरुङले बताइन । मानव भएर बाच्न पाउनुपर्छ भन्दै अभियान थाल्ने सजक नेता गुमेको आभास अझै भएको उनले बताइन ।सहज बाताबरणमा जो पनि हिड्नसक्छ , परिवारमा मात्र नभइ सिङ्गो राज्यकै समस्या बोकेर हिडेको व्यक्ती, जो भोक भोकै पनि देशको लागि हिडेू उनले बताइन । राजनितिको साथ साथै शिक्षाको क्षेत्रमा समेत अमुल्य योगदान दिएको बताइन ।

भवे दाइको समयमा परिवर्तन हुन निकै कठिन थियो अहिले केही सहज छ, अब टेक्नोलोजीमा जानू पर्छ, देशको छुवाछूत , बिभेदको अन्त्य गरेमात्र दाइको आत्माले शान्ति पाउछू गुरुङले भनिन । भवे सार्की स्मृति प्रतिस्ठानको स्थापनाको लागि सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । भबे सार्की कास्की र कांग्रेसको मात्र नभइ सिङो देशको अगुवा रहेको बताइन । सोहिक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशकै जेठो विद्यालयमा टेक्नोलोजी भित्र्याउन पर्ने बताउनुभयो ।

कास्की कांग्रेसका सालिन योद्धाको रुपमा समेत चिनिने स्व। भवे सार्कीको स्मृतिमा संस्कृत मा।वि पोखरामा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण गरिएको हो । २०५८ साल देखि राजा विरोधी आन्दोलनको नेतृत्व गरेका भवे सार्कीको पछाडि हिड्दै गर्दा पार्टीप्रतिको योग्दान देख्दा पार्टीले एउटा असल र इमान्दार नेतालाइ गुमाएको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले बताए । कांग्रेसले भवे सार्कीको योगदानलाइ उच्च सम्मानका साथ हेरे पनि आधिकारी कांग्रेसले भने विर्सेको छ ।

देशको राजनैतिक परिवर्तनको लागि करिब २० वर्ष जति दलित संघको नेतृत्व गरेको पाइन्छ, लामो समय जातिय छुवाछूतको लागि लड्दै सबै सम्मान भन्ने कुरा स्थापित गराएू ढकालले भने । लोकतान्त्रिक आन्दोलन गरेर गए पनि केही समस्या बाकी रहेको खण्डमा विचार अनुसरण गरि हिड्न पर्ने उनले बताए । देशमा लोकतन्त्र ल्याउने एक योद्धा आज छैन तर उहाँको सपना पूरा गर्न उहाँको छोरा अघि बढ्न पर्छ, समाज रुपान्तरण गर्ने जिम्मा छोरालाइ सुम्पिएर जानुभएको छू उनले भने ।

दलित संघले दलित समुदायमै हुने विभेद हटाउन पर्ने र सबै जात जाती एकै रहेको भन्ने कुरा स्थापित गर्न सके मात्र भवे सार्कीको सपना पूरा हुने ढकालको धारणा छ । रविन्द्र प्रतिस्ठानको नाममा राज्यले जग्गा दिए भवे सार्की प्रतिस्ठान, बादल प्रतिस्ठान लाई समेत जग्गा दिनु पर्ने बताए ।

त्यस्तै नेपाल दलित संघ केन्द्रिय सदस्य पशरुराम वो पोखरेले दलित योद्धाको कमिको महसुस अझै भएको बताए । भवे सार्की सबै संग घुलमिल हुन सक्ने व्यक्ती थिए । मृत्यु भन्दा पनि जिउदो हुँदै दिने माया नै ठूलो हो र यो भवे सार्कीमा थियो, सबैलाइ माया गर्थे सालिन नेता गुमाएका छौू पोखरेलले भने । निकतम रुपले परिवार प्रती दिने देन भन्दा पनि पार्टिलाइ बढी देन दिएको व्यक्तिलाई पार्टिले बिर्सिएको हो कि भन्ने लागेको उनले बताए ।

स्व. भवे सार्कीका जेठा छोरा गोविन्द नेपालीले बुबाको राजनैतिक लगाव देखेर विदेश जाने मोह हराएको बताए । विदेश गएको भए आज धेरै कमाइन्थ्यो, तर बुबाको सपना पूरा गर्नु छ त्यसैले राजनितीमा अएको हुू नेपालीले बताए । कांग्रेसले परिवारलाइ विर्से पनि परिवारले भने काङ्ग्रेसलाई नबिर्सने उनले बताए ।

वि.सं. २०००साल मा जनिमिएका सार्की २०२८ साल देखि राजनितिमा सक्रिय हुँदै २०४२ सालमा कांग्रेसका सक्रिय सदस्य भएका थिए । विपिको आदर्शलाइ जस्ताको तस्तै उतार्न सके मात्र नेपाली नागरिकले लोकतन्त्रको महसुस गर्ने सोच भएका सार्की जुत्ता सिलाएरै जिविजोपार्जन गर्थे विपिवादका अनुयायी सार्कीको निधन २०७१ सल भदौमा भएको हो ।

कार्यक्रममा संस्कृत मा।विका प्रधानध्यापक गोविन्द सिग्देल , विद्यालय व्यवस्थापन समिती सदस्य गणेश थापा, नेपाल दलित संघ क्षेत्रीय सभापती मानबहादुर लाम्गादे, दलित संघ कास्की सभापती दुर्गाबहादुर सुनार , उपाध्यक्ष बाबुराम नेपाली , मनबहादुर वि. क लगाएतले आ-आफ्नो भनाइ राखेका थिए ।