भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन


काठमाडौँ ।  भारतीय पूर्वअर्थमन्त्री तथा भाजापाका दिग्वज नेता अरुण जेटलीको शनिबार बिहान निधन भएको छ । स्वास्थ्य अवस्था कमजोर भएका उनको दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार भैरहेको थियो ।

६६ वर्षीया जेटलीको निधन शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

भारतले यसै महिना मात्रै दुई जना वरिष्ठ राजनीतिज्ञलाई गुमाएको छ । यसअघि अगस्ट ६ मा भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भएको थियो ।