अवैध लागूऔषध सहित २ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । धनुषा, नगराईन नगरपालिका-३ स्थित बल्ठीकुटी भन्ने स्थानबाट सोही ठाउँ बस्ने २० वर्षीय धिरज साह र सोही नगरपालिका-१ बस्ने १७ वर्षीय कमलेश कुमार यादवलाई अवैध लागूऔषध गाँजा १ किलो र ३ थान मोबाइल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज१२ प १०८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई बस्ने १७ वर्षीय ओम राज परियारलाई अवैध लागूऔषध ब्राउनसुगर ९ सय मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ओमलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


झापा, शिबसताक्षी नगरपालिका-१० दोमुखा बस्ने ५४ वर्षीय तीर्थलाल दाहाललाई अवैध लागूऔषध गाँजा २ किलो ७ सय ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले घरमा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।