पार्वती कुण्डमा चार हजार भत्तलजन

0
Shares

सरस्वति न्यौपाने, रसुवा ।
आमाछोदिङमो गाउँपालिका वडा नं. ३ मा अवस्थित पार्वतीकुण्डमा हरेक वर्ष गर्ने पुर्णिमामा लाग्ने मेला चार हजार भक्तजनले दर्शन गरेका छन ।

स्थानिय समाजसेवी फुर्पु सिंगी तामाका अनुसार स्थानिय भाषामा आमा भनेको पार्वती र छोदिङमो भनेको कुण्ड हो ।

परापुर्वका लामा पार्वती महिना वारी भएका कारण महादेव शिवलाई हेर्न नहुने भएपछि यस ठाउँमा आई बसेको र गोसाईकुण्ड नदेखिने भएकाले यस कुण्डमा पार्वती बसेको भन्ने विश्वास रहेको छ ।

त्यसकारण वर्षेनी स्वदेशी तथा विदेशीहरु गोसाईकुण्ड पछिको दोस्रो कुण्डको रुपमा मानेर यहँ आउने गर्छन ।

जनैपुर्णिमाको अवसरलाई लक्षित गरी जाजरकोट, काठमाण्डौ सिन्धुपाल्चोक नुवाकोट र रसुवाका करिव चार हजार को हात हारीमा यस पार्वतीकुण्ड पुगेका छन । भने त्यहाँ स्थानिय स्तरमा फलेका चिजहरु पार्वतीको प्रसादको रुपमा खान दिइन्छ । उचित प्रचारको अभावमा अझै लामा रहेको छ ।

यस पार्वतीकुण्डमा सन्तान नहुने ले सन्तान होस भनि मागेमा प्राप्त हुने मनले चिताएका सबै कुरा पुग्ने आस्था रहेको छ ।

सडक सन्जालले जोडीएको यस ठाउँमा काठमाण्डौ बाट एक दिनमा नै यातायातबाट कुण्ड पुग्न सकिन्छ ।

वरपर व्यवस्थित होटल लजहरु र खाना समेत पाइन्छ जसरी गोसाईकुण्ड जान मानिसको आइरो लाग्छ । तेसरी नै पार्वतीकुण्ड पनि पुग्नै पर्ने ठाउँ हो भनेर व्यापकता आउन जरुरी छ । गोसाईकुण्ड पुग्ने ले पार्वतीकुण्ड समेत पुग्न जरुरी छ ।