समुदाय प्रहरी साझेदारी : बालविवाह विरुद्ध कार्यक्रम सम्पन्न्

0
Shares

सिरहा ।  सिरहा नगरपालिका वडा नं- ११ को माध्यमीक विद्यालय भलुवाही विद्यालयको कक्षा कोठामा बालविवाह विरुद्ध इलाका प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ ।

प्रहरीले भव्यताका साथ सचेतना मुलक साझेदारी कार्यक्रम गरेको हो पछिल्लो समय आफ्ना छोरा छोरीको लुकाएर, उमेर ढाटेर बिबाह गर्ने चलन बढेको छ । बिस बर्ष उमेर नपुगेकाहरूको पनि अभिभावकले नै ढाँटेर बिबाह गराईदिने गरेको पाईएको छ ।

तराई मधेशका जिल्लाहरूमा विकराल रुपमा रहेको बालविवाहलाई लक्षित गर्दै समुदाय प्रहरी कार्यक्रम इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख दिप नारायण यादवले प्रस्तुत गरेका थियो । सचेतना मुलक कार्यक्रममा खास गरी स्कूलका छात्र–छात्राहरूलाई उपस्थित गराइएको थियो ।

उक्त साझेदारी कार्यक्रममा वडाका वडाध्यक्ष विनोद कुमार कामती, विद्यालयका प्रअ गंगा राम यादव, पत्रकार, स्थानीय बुद्धिजिवी, छात्र–छात्राहरू, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।