मणि शाह स्मृति फुटसल हुने

0
Shares

काठमाडौं, (नेस) । नेपाली फुटबलका ख्याती प्राप्त खेलाडी मणिविक्रम शाहको स्मृतिमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश ३ कमिटीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ २३देखि २९ गतेसम्म आयोजना गर्ने जानकारी गराइयो। प्रतियोगितामा ३२ टिमको सहभागिता हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए।

होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाउने नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश महर्जनले जानकारी गराए। प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रूयियाँ खर्च हुने बताइएको छ।