एसईईको पूरक परीक्षा शुरू

0
Shares

काठमाडौं ,(नेस) । यो वर्षको एसईईको पूरक (ग्रेड वृद्धि) परीक्षा शुरू भएको छ । आइतबारबाट शुरू भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयमा करिब ५० हजार परीक्षार्थी सहभागी भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

करिब १ लाख ५० हजार विद्यार्थी मंगलबारको परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो। बिहान ८ बजेबाट देशभरका ३ सय ६ परीक्षा केन्द्रमा परीक्षा शुरू भएको थियो।

बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले यो वर्षको पूरक परीक्षामा गणित विषयमा सबैभन्दा बढी विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो।

परीक्षा नियन्त्रक खकुरेलले दशैं अगावै परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो।

गएको असार १२ गते सार्वजनिक भएको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने गरेपछि ती विद्यार्थीहरु परीक्षामा सहभागी भएको पनिकाले जनाएको छ। पूरक परीक्षा यही ११ गतेसम्म सञ्चालन हुनेछ।