प्रहरी जवानको मृत्यु शंकास्पद

0
Shares

काठमाडौं, (नेस) महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन्।

नागार्जुन नगरपालिका–३, ठूलो भर्याङमा एक महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीले ठगुन्नासंग लिभिङ टुगेदरमा बस्ने ती महिलालाई पक्राउ गरेको छ। ती महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन्।

जवान ठगुन्ना २० वर्षका हुन् भने महिला विवाहित हुन्।