एकल जातीय वर्चश्व अन्त्य आवश्यक

0
Shares

काठमाडौं, (नेस)। ठूला पार्टीमा रहेको असमावेशी नेतृत्वले सामाजिक सद्भाव, समावेशी विकास प्राप्त हुन्छ भन्नेमा शंका रहेको राप्रपा (संयुक्त) ले ठहर गरेको छ।

‘नेकपाको नेतृत्वमा जुन किसिमको एकल जातीय वर्चस्व कायम छ त्यसबाट समावेशी लक्ष्य प्राप्त हुन्छ भन्नेमा विश्वस्त रहन सकिने अवस्था छैन। सत्तारुढ दलको नेतृत्व संरचनाले सो पार्टीको इमान्दारीमा प्रश्न चिन्ह खडा गरिदिएको छ’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भन्नुभयो।

उहाँले दलित, आदिवासी जनजाति, महिला लगायतका पिछडीएका समुदायको समावेशीकरण, आरक्षण स्वागतयोग्य भएको जनाउँदै अध्यक्ष राणाले ठूला पार्टीको नेतृत्व तहमा एकल जातीय वर्चस्व निरन्तर रहनु आफैंमा अन्तरविरोधी रहेको बताउनुभयो।

राप्रपा (संयुक्त) सम्बद्ध नयाँ मुलुकी ऐन २०२० एवं स्व. महेन्द्र स्मृति समारोहद्वारा आयोजित ‘हिन्दू धर्मभित्र जातीय विभेद’ विषयक विचार गोष्ठीलाई आइतबार सम्बोधन गर्दै राणाले सो विचार व्यक्त गरेका हुन्।

५६औं मुलुकी ऐन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भन्नु्भयो– ‘नेपालमा पहिले पनि आरक्षण नभएको होइन ,शिक्षा, जमिन र शासकवर्गको संंस्कृतिको आधारमा गरिने त्यस्तो सामन्ती आरक्षणले शासकवर्गलाई मात्र लाभ प्राप्त भयो। बाहुन, क्षेत्री र उच्चवर्गका नेवारहरुलाई मात्र समेट्यो। यसैकारण नब्बे प्रतिशत भूमिहीन रहको दलित सबैभन्दा पछाडि परे।’

नयाँ मुलुकी ऐन २०२० एवं स्व. महेन्द्र स्मृति समारोहका संयोजक ऋषिबाबु परियारले धर्मभित्र छुवाछुत, भेद्भाव कायम रहनु आफैंमा रोग भएको बताउनुभयो।