माक्र्सवाद र एसियाली दर्शनका बारेमा छलफल हुँदै

0
Shares

काठमाडौं, (नेस)।  आजदेखि नेपालमा ‘माक्र्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, युरोपलगायतका १२ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता हुने भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ।

विभिन्न आयोजक संस्थाको पहलमा नेपालमा पहिलो पटक एसियाली दर्शनको महत्व र खोजी कार्य भइरहेको परिपे्रक्ष्यमा सो दर्शन र माक्र्सवादी दर्शनको तादात्म्यताका विषयमा छलफल हुने माक्र्सीय गुरुकुल प्रमुख सोनाम साथीले बताउनुभयो।

सम्मेलन आयोजक समितिका संयोजक प्राडा. काशीनाथ न्यौपानेले एसियाली÷पूर्वीय दर्शन तथा विभिन्न देश विशेषमा विकसित तथा स्थापित पहिचानलाई आमरूपले प्रयोगमा ल्याउन नसक्दा मानव समाज पछाडि परेको जानकारी दिनुभयो।

त्यसैगरी, नेपाल खुल्ला विश्वविद्यालयका प्राडा. खगेन्द्र प्रसाईंले मानिसहरुले माक्र्सवादी या पूर्वीय कुनै पनि दर्शनको विषयमा गहन अध्ययन नगरी हचुवाका भरमा गम्भीर धारणा बनाउने समस्या व्याप्त रहेको बताउनुभयो।